Kathmandu Press

सम्पत्ति शुद्धीकरण अभियोगमा युनुस अन्सारीको अदालतमा बयान 

अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो।
सम्पत्ति शुद्धीकरण अभियोगमा युनुस अन्सारीको अदालतमा बयान 

काठमाडौं, असार २२ : सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

अन्सारीलाई थुनछेक बयानका लागि अदालतमा उपस्थित गराइएको हो। अहिले जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा बयान चलिरहेको छ। 

अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो।

अन्सारी यसअघि नक्कली नोट कारोबारमा गत १० जेठमा सजाय भुक्तान गरी नख्खु कारागारबाट छुटेका थिए। जेलबाट छुटेलगत्तै पुनः पक्राउ गरी अर्को मुद्दा चलाइएको हो। 

नक्कली नोट कारोबारमा अन्सारीलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो। 
 
प्रकाशित मिति: १४:०५ बजे, आइतबार, असार २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्