Kathmandu Press

बिमलेन्द्र निधिमाथि खनिए एमाले नेता रघुवीर महासेठ

जनकपुरधामको रिङरोड निर्माणदेखि डम्पिङ साइट निर्माण जस्ता दर्जनौं बढी विकास निर्माणका कार्यहरु नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ।
बिमलेन्द्र निधिमाथि खनिए एमाले नेता रघुवीर महासेठ

जनकपुर, असार २२ : नेकपा एमालेका नेता एवम प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन्।

आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए। 

जनकपुरधामको रिङरोड निर्माणदेखि डम्पिङ साइट निर्माण जस्ता दर्जनौं बढी विकास निर्माणका कार्यहरु नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ। 

Hardik ivf

राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिबार (हिजो) नेता निधिले जनकपुरधाममा पत्रकारसम्मेलन मार्फत जानकारी दिएका थिए। 

सो कुराको नेता महासेठले खण्डन गरेका छन्। उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जतिसक्दो निर्माण कार्य अगाडि बढाउन छलफल समेत गरेको जानकारी दिए। 

राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पार्टीको कुनै पनि आपत्ति नरहेको महासेठले बताए।

नेता निधिले आफ्नो व्यक्तिगत स्वार्थका लागि विभिन्न विकास निर्माणका कार्यहरुमा पटकपटक अपरोध सृजना गर्दै आएको एमाले नेता महासेठले आरोप लगाए।

महासेठले धनुषाको प्रहरी प्रशासनले पनि राम्ररी काम नगर्ने गरेको आरोप लगाएका छन् । पदीय दायित्वलाई विर्सेर एक पक्षीय रुपमा मात्र काम गरिरहेको उनले बताए।

 

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, असार २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्