Kathmandu Press

बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी : सभामुख

उनले सुशासन, समृद्धि, सुख ,समृद्धि र समानताको मुख्य आधार भनेको नै आर्थिक स्थितीले तय गर्ने धारणा राखे। यस कारण अर्थतन्त्रलाई कसरी दरिलो बनाएर सही प्रणालीबाट लैजान सकिन्छ भन्ने विषयमा ध्यान जान जरुरी रहेको उनले बताए। 
बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी : सभामुख

काठमाडौं, असार २२  : सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउनेगरी काम गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताए। 

Hardik ivf

‘ऐन वा कानुनको पूर्ण पालनगरी बेरुजु नबनाउनेगरी काम गर्नेतर्फ जोड दिन जरुरी छ। र यो कसरी गर्न सकिन्छ त्यसतर्फ छलफल केन्द्रीत हुनुपर्छ। वित्तिय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र न्यूनिकरणका उपायहरुबारे विषयगत ढंगबाट छलफल गर्न आवश्यक छ,’ उनले भने।

उनले सुशासन, समृद्धि, सुख ,समृद्धि र समानताको मुख्य आधार भनेको नै आर्थिक स्थितीले तय गर्ने धारणा राखे। यस कारण अर्थतन्त्रलाई कसरी दरिलो बनाएर सही प्रणालीबाट लैजान सकिन्छ भन्ने विषयमा ध्यान जान जरुरी रहेको उनले बताए। 

‘सुशासन,सुख, समृद्धि र समानताको मुख्य कुरा भनेको आर्थिक स्थितिले तय गर्छ। समाजका विभिन्न विधाहरु राजनीतिक, सांस्कृतिक, साहित्यिकलगायत विभिन्न विधामा सफलता हुन आर्थिक सम्पन्नता हुनुपर्छ,’ उनले भने, ‘त्यसैले अर्थतन्त्रलाई कसरी दरिलो बनाउने भन्ने आधारभुत कुरा हो। र यो दरिलो भएर मात्र हुँदैन। सही प्रणालीबाट कसरी लैजान सकिन्छ, उपार्जन कसरी गर्न सकिन्छ भन्नेबारे पनि ध्यान जानुपर्छ।’ 

देखिएको बेरुजुलाई समयमा नै टुंगो लगाउन तीनै तहको सरकार लागि पर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, असार २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्