‘प्रभाका चम्किला ताराहरु’ पुस्तक लोकार्पण
काठमाडौं, असार २२ : पुस्तक ‘प्रभाका चम्किला ताराहरु’ लोकार्पण भएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, सांसद सुर्यमान दोङ, चौरीदेउराली गाँउपालिकाका अध्यक्ष रेणुका चौलागाईलगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरे।
काभ्रको चौरीदेउरालीमा रहेको प्रभा माविमा अध्ययन गरी विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेका ८ जनाको जीवनी समेटेर प्रभा एलुम्नाईले पुस्तक प्रकाशन गरेको हो।
पुस्तकमा प्रभा माविमा अध्ययन गरेर विद्यावारिधी हासिल गर्ने डा. टंक प्रसाद गौतम, डा. दिलिपकुमार गौतम, डा. रवीन्द्र राज गिरी, डा. नारायण प्रसाद चौलागाई, डा. संग्रामसिंह लामा, डा. खडगमान श्रेष्ठ, डा. नवराज गौतम र डा. ङेमादोर्जे लामाको प्रभा माविमा पढदादेखि विद्याबारिधि गर्दासम्मको पठनसंघर्ष र जीवनसंघर्ष समेटिएको छ।
सो कार्यक्रममा पुस्तकमा समेटिएका ८ व्यक्तित्वहरुलाई अभिनन्दनसमेत गरिएको थियो। यस्तै, प्रभा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख बलराम कोइराला, पूर्वक्याम्पस प्रमुख चुडाप्रसाद चौलागाई तथा एसएलसी पहिलो व्याजका विद्यार्थी लोकनाथ गौतम र विजयराज गिरीलाई पनि सम्मान गरिएको थियो।
प्रभा अलुम्नाईका अध्यक्ष गोकुल गौतमले विकट गाँउको स्कुलमा अध्ययन गरेर पनि विभिन्न विषयमा विषयविज्ञता हासिल गरेर राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउन सफल व्यक्तित्वहरुको संघर्ष र मेहनतबारे आउँदो पीढिलाई बुझाउन र प्रेरणा दिन पुस्तक प्रकाशन गरिएको बताए।









![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)

