Kathmandu Press

नाउपले सरकार छाड्ने

सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै नाउप अब प्रतिपक्षमा बस्ने अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्। 
नाउपले सरकार छाड्ने

काठमाडौं, असार २१ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) एमाले–कांग्रेस गठबन्धन सरकारबाट बाहिरिने भएको छ। 

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

Hardik ivf

सुदूरश्चिम प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि नाउप गठबन्धनसँग रुष्ट छ। बिहीबार मुख्यमन्त्रीले आफ्ना मन्त्री बर्खास्त गरेपछि नाउसले शुक्रबार नै प्रदेश सरकार छाड्ने निर्णय गरेको थियो।

त्यसको १ दिनपछि सरकार उसले केन्द्र सरकार छाड्ने निर्णय गरेको हो। सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै नाउप अब प्रतिपक्षमा बस्ने अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्। 

नाउपाबाट वर्तमान सरकारमा अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन्। उनले भोलिलाई प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाउने बताइएको छ। 

यसअघि जसपा नेपालले पनि सरकारबाट बाहिरिने निर्णय गरेको थियो। यो निर्णय उसको संसदीय दलबाट हुन भने बाँकी छ।

प्रकाशित मिति: २१:१३ बजे, शनिबार, असार २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्