Kathmandu Press

युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्छ : डा.कोइराला

‘रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस नै चाँहिदैन। तर उचित कार्ययोजना चाहीं चाहिन्छ,’ उनले भने। 
युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्छ : डा.कोइराला

काठमाडौं, असार २१ : नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन्।  

शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तर कांग्रेस नै आवश्यक नभएको पनि बताए। 

Hardik ivf

उनले नकारात्मक कुरालाई मात्र लिएर अघि बढ्दा सबैकुरा हराउँदै जाने उल्लेख गर्दै विदेश पलायनलाई न्यूनीकरण गर्नुपर्ने औंल्याए। 

‘रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस नै चाँहिदैन। तर उचित कार्ययोजना चाहीं चाहिन्छ,’ उनले भने। 

सरकारसँग पैसा नभएर कृषकको लागि अनुदान नआएको उल्लेख गर्दै उनले नेपालमा उत्पादित कृषिजन्य बस्तु विदेश निर्यात गर्नुपर्नेमा जोड दिए। 
 

प्रकाशित मिति: १९:३२ बजे, शनिबार, असार २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्