‘कुलिङ पिरियड’ विवादको छानविन गर्न संसदीय समिति बन्ने
संसदीय समितिमा नेपाली कांग्रेस र एमालेबाट मिान २ सदस्य रहने छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १–१ जना सदस्य रहने सहमति दलहरुबीच भएको छ।-1735204065.jpg)
काठमाडौं, असार २१ : कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ।
सभामुख देवराज घिमिरे र दलहरूबीच भएको छलफलमा संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीबारे ७ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको हो।
संसदीय समितिमा नेपाली कांग्रेस र एमालेबाट मिान २ सदस्य रहने छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १–१ जना सदस्य रहने सहमति दलहरुबीच भएको छ।
समितिमा रहने सदस्यको नाम भने दलहरुको सिफारिसका आधारमा तय हुनेछ।
प्रकाशित मिति: १८:०८ बजे, शनिबार, असार २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार