Kathmandu Press

पुल भत्किँदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

पुल भत्किँदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

भक्तपुर, असार २१ : बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति खोलाको पुल भात्किएको छ। 

पछिल्लो समय भएको भारी वर्षाका कारण बनेपा नगरपालिका वडा नं. १ नाला भक्तपुर सडक अन्तर्गतको उक्त पुल भत्किएको हो। 

अरनिको राजमार्गको वैकल्पिक बाटोको रुपमा रहेको यो पुल भत्किएपछि सडक पूर्ण रुपमा ठप्प भएको छ। 

पुरानो भइसकेको पुल मर्मत सुधारमा कसैको ध्यान नगएको र क्षमता भन्दा अत्याधिक भारले गर्दा पुल भत्किएको स्थानियहरु बताउँछन्।

 

प्रकाशित मिति: ११:०६ बजे, शनिबार, असार २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्