Kathmandu Press

राजनीतिमा पनि कुलिङ पिरियड राख्न नेता भट्टराईको प्रस्ताव

बेला बखत देशमा आइ पर्ने राष्ट्रिय संकटको समाधान गर्ने काम पनि कांग्रेस पार्टीले नै गर्ने भन्दै उनले देशलाई आवश्यक पर्नै सबै नीतिहरु पनि कांग्रेस पार्टीले नै बनाउने बताए।
राजनीतिमा पनि कुलिङ पिरियड राख्न नेता भट्टराईको प्रस्ताव

काठमाडौं, असार २० : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीतन्त्रमा मात्र नभइ अब राजनीतिमा समेत कुलिङ पिरियड आवश्यक रहेको तर्क गरेका छन्।

नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएर आम निर्वाचन लड्ने प्रवृत्ति देखिन थालेको तर्क गर्दे उनले भने, त्यस्ताहरुका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ।

विगतमा यस्तो व्यवस्था नभएको कारण कुनै विदेशी नागरिक पनि देशको उप प्रधानमन्त्री जस्तो गरिमामय र सम्वेदनसिल पदमा पुगेको भन्दै उनले भने, ‘यो कटु यथार्थलाई मनन गर्दै  कुलिङ पिरेड राख्न जरुरी छ।’

Hardik ivf

यसो हुन नसकेमा आज विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुँदै चुनावमा उम्मेदवार बनेर लड्ने कदमले नेपाल राष्ट्र माथि नै खतरा पैदा गर्ने बताए 

नेता भट्टराईले पार्टी सभापतिज्यूले अब अवकाश लिएर सभापति हुने होइन भनि सकेको अस्थामा अब महाधिबेशन ०८४ अगाडि हुन्छ कि हुदैन भन्ने दुविधामा बस्न जरुरी नभएको बताए।

‘ढिलोमा ०८३ मंसिर भित्र केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरौ।म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन पनि चाहान्छु,’ यस निर्णयले सकारात्मक सन्देश दिएको उनले बताए। 

‘देशका पूर्व राष्ट्रपति  र उपराष्ट्रपति पनि फेरी सक्रिय राजनीतिमा फर्कि रहेको र कतिपय राजनीतिक दलहरुमा एउटै मानिस वर्षौंसम्म सभापति भइरहने अवस्थामा हाम्रो सभापतिज्यूको यो भनाईले हाम्रो पार्टी अरुभन्दा फरक हो भन्ने पोजेटिभ सन्देश प्रवाह गरेको छ,’ उनले भने।

बेला बखत देशमा आइ पर्ने राष्ट्रिय संकटको समाधान गर्ने काम पनि कांग्रेस पार्टीले नै गर्ने भन्दै उनले देशलाई आवश्यक पर्नै सबै नीतिहरु पनि कांग्रेस पार्टीले नै बनाउने बताए। तर पाटीको भोट पछिल्ला निर्वाचनहरुमा घटिरहेकाले यस्को गम्भीर विश्लेषण गरी कार्य योजना तयार पार्न केन्द्रीय सदस्य भट्टराईले नेतृत्वको ध्यानाकर्षण गराए।

गुटबन्दीले गर्दा सही मानिस ठिक ठाउँमा नसकेको भन्दै उनले पदको न्यायोचित ढंगबाट वितरण नगरेको कारण रुष्ट कार्यकर्ताको मन जित्न कार्यशैलीमा सुधार गर्छौ भनेर आश्वस्त पार्नुपर्ने बताए।

नेता भट्टराईले भातृ संस्था सबै विधानअनुसार चल्न नदिइएको गुनासो आएको भन्दै विधान अनुसार चलाउन दिएमा विवाद पनि स्वतःकम भएर जाने उल्लेख गरे । नेता भट्टराईले सामाजिक संजाल पनि संगठन निर्माणको राम्रो प्लेटफर्म रहेको भन्दै यस्को प्रयोग राम्रोसँग गर्नुपर्ने बताए।

प्रकाशित मिति: २०:१८ बजे, शुक्रबार, असार २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्