Kathmandu Press

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए 

स्वास्थ्यमन्त्री पौडेल गत शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्किएलगत्तै एक्कासी ज्वरो आएर विरामी परेपछि शनिबार वीर अस्पताल भर्ना भएका थिए। 
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए 

काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। 

स्वास्थ्यमन्त्री पौडेल गत शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्किएलगत्तै एक्कासी ज्वरो आएर विरामी परेपछि शनिबार वीर अस्पताल भर्ना भएका थिए। 

ज्वरो आएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको हो । वीर अस्पतालको भीभीआईपी वार्डमा मन्त्री पौडेलको उपचार गरिएको थियो। 

स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य लाभ गरी पौडेल अस्पतालबाट डिस्चार्ज भएका हुन्। 
 
प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, असार २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्