Kathmandu Press

आकस्मिक बाहेकका अस्पतालका सम्पूर्ण सेवा बन्दको घोषणा

उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको विरोधमा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरिएको हो। 
आकस्मिक बाहेकका अस्पतालका सम्पूर्ण सेवा बन्दको घोषणा
फाइल तस्बिर।

काठमाडौं, असार २० : नेपाल चिकित्सक संघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेको छ। 

उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको विरोधमा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरिएको हो। 

संघका महासचिव डा. सञ्जीव तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूहरूको मागका सम्बन्धमा शुक्रबार संघका कार्यालयहरूमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको जानकारी गराएका छन्। 

संघले आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने, २४ गते नेपाल मेडिकल काउन्सिललाई आफूहरूको प्रमाणपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

संघको आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न ९ वटा संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्। 
 
प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, असार २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्