Kathmandu Press

आगामी आर्थिक वर्षदेखि भर्ना हुने कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा दिइने

पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने तयारी भएको हो। याे प्रणाली साउनदेखि लागू हुनेछ।
आगामी आर्थिक वर्षदेखि भर्ना हुने कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा दिइने

काठमाडौं, असार २० : आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ।

पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने तयारी भएको हो। याे प्रणाली साउनदेखि लागू हुनेछ।

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गर्दै यस बिषयमा जानकारी गराएको छ। 

अर्थको पत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारीसमेत गराइएको छ। 

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, असार २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्