Kathmandu Press

एमालेमा संकट बढ्यो, अनुमान लगाउन नसकिने खालको छ : नेपाल 

‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले निकै संकटले ग्रस्त भएको छ। अन्तरविरोध बढ्दै गइरहेको छ । त्यसको भविष्य के हुने हो भन्ने कुरा सजिलै भन्न सकिँदैन। 
एमालेमा संकट बढ्यो, अनुमान लगाउन नसकिने खालको छ : नेपाल 

काठमाडौं, असार २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा संकट बढ्दै गएको बताउँदै परिणाम अनुमान लगाउन सकिने खालको नरहेको बताएका छन्।

एसको भातृसंस्था अखिलको शुक्रबार पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा नेपालले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले निकै संकटले ग्रस्त भएको छ। अन्तरविरोध बढ्दै गइरहेको छ । त्यसको भविष्य के हुने हो भन्ने कुरा सजिलै भन्न सकिँदैन।’

उनले कुभलो चिताउने र अनुचित काम गर्ने प्रवृत्तिलाई परास्त गर्नैपर्ने बताए। यस्तै, नेपालले देशको राजनीतिक अवस्थालाई वर्तमान सरकारले राम्रोसँग हाँक्न नसकेको पनि बताए। 

उनले भने, ‘यस्तो सरकारलाई हामीले साथ दिने कुरै हुँदैन । यसको पतन अनिवार्य छ। खाली हामी पर्खनुपर्ने हुन्छ । आत्तिनुपर्ने अवस्था छैन।’ 

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, असार २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्