Kathmandu Press

प्रणालीमा समस्या उत्पन्न भएपछि यातायात व्यवस्था विभागको सबै सेवा बन्द

प्रणालीमै समस्या आएपछि विभागले शुक्रबार एक सूचनामार्फत असुविधाप्रति क्षमायाचना समेत गरेको छ। 
प्रणालीमा समस्या उत्पन्न भएपछि यातायात व्यवस्था विभागको सबै सेवा बन्द

काठमाडौं, असार २० : यातायात व्यवस्था विभागको सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या उत्पन्न भएपछि सेवा बन्द हुन पुगेको छ। 

प्रणालीमै समस्या आएपछि विभागले शुक्रबार एक सूचनामार्फत असुविधाप्रति क्षमायाचना समेत गरेको छ। 

अहिले प्रणालीमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको सूचनामा जनाइएको छ। 

विभागको चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा (इडिएल, अनलाइन आवेदन, अत्यावश्यक लाइसेन्स प्रिन्ट) लगायत सबै सेवा बन्द हुन पुगेको छ।

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, असार २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्