Kathmandu Press

रविन्द्र खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह, उपत्यका पृतनापतिको जिम्मेवारी

रविन्द्र खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह, उपत्यका पृतनापतिको जिम्मेवारी

काठमाडौं, असार २० : नेपाली सेनाको उपरथीमा वढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरे। खत्री गत असार १३ गते उपरथी दर्जामा पदोन्नति भएका थिए । पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हे.क्वा.को पृतनापतिमा नियुक्त भएका छन् ।

DPR_2470-1751617660.JPG
खत्री यसअघि युद्ध कार्य निर्देशनालयको निर्देशकका रुपमा कार्यरत थिए। खत्रीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा र विपद् व्यवस्थापन  शाखामा पनि काम गरिसकेका छन् ।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो । 
 

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, असार २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्