Kathmandu Press

स्याङ्जाको पुतलीबजार देखि दुलेगौंडा सडकखण्ड कालोपत्रे, स्थानीयलाई राहत 

विश्व बैँकको ऋण सहयोगमा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना काठमाडौँ अन्तर्गत पुतलीबजार नगरपालिकाले कालोपत्रे गरिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।
स्याङ्जाको पुतलीबजार देखि दुलेगौंडा सडकखण्ड कालोपत्रे, स्थानीयलाई राहत 

काठमाडौं, असार २० : स्याङ्जाको पुतलीबजार नगरपालिका –१, शिक्षाचोकबाट काल्खु हुँदै तनहुँको शुक्लागण्डकी दुलेगौँडा जाने स्याङ्जा खण्डको सडक कालोपत्रे भएको छ । 

विश्व बैँकको ऋण सहयोगमा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना काठमाडौँ अन्तर्गत पुतलीबजार नगरपालिकाले कालोपत्रे गरिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । विश्व बैँकको ऋणमा सरकारले आयोजनामार्फत देशका १७ नगरपालिकाका २१ वटा सडक कालोपत्रे गर्ने गरी काम अगाडि बढाएकोमा यो एउटा सडक हो । 

Hardik ivf

निर्माण कम्पनीले २०८० चैत २७ गते १५ महिनामा सक्ने गरेर पुतलीबजार नगरपालिकासँग सम्झौता गरेको इन्जिनियर सुदीप बरालले जानकारी दिए । बरालका अनुसार सडक ४६ करोड तीन लाख ८९ हजार ६९ रुपैयाँमा सम्झौता भएको थियो । सडकको मुख्य काम सम्पन्न भएको छ भने सामान्य काम बाँकी छन् । 

Sadak-1751614271.jpg
अहिले उक्त सडकको डाडास्वारासम्मको सडक कालोपत्रे भईसकेको छ भने बाँकी सडकका लागि पनि नगरपालिकाले पहल गरिरहेकोले छिट्टै बाँकी सडक पनि कालोपत्रे हुने नगरप्रमुख रेग्मीले बताए । यो सडक कालोपत्रे भएसँगै स्याङ्जा र तनहुँको दुरी अझ छोटो हुने र स्थानीयहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, असार २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्