Kathmandu Press

भौतिक पूर्वाधार र पर्यटनमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

प्रतिनिधि मण्डलमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वधार, वातावरण, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए। 
भौतिक पूर्वाधार र पर्यटनमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौं, असार २० : प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्।  

नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन्। 

Hardik ivf

उनले भने, ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी गरी अघि बढनुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ।’ 

प्रतिनिधि मण्डलमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वधार, वातावरण, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए। 

प्रतिनिधि मण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा।चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी छन् ।

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, असार २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्