Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई गरे बर्खास्त

मुख्यमन्त्री शाहले प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री चौधरीलाई पदबाट बर्खास्त गरेका हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई गरे बर्खास्त

धनगढी, असार १९ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेका छन्। 

मुख्यमन्त्री शाहले प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री चौधरीलाई पदबाट बर्खास्त गरेका हुन्। 

शाहले आजै मन्त्रीपरिषद् हेरफेर गरेक थिए। त्यसअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए। 

मन्त्री चौधरीले राजीनामा नदिएपछि मुख्यमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन् । बर्खास्त गर्नुको कारण कारण खुलाईएको छै । 

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, असार १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्