Kathmandu Press

मेडिकल एसोसिएसनका महासचिवलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश

उच्च अदालतका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले विहीबार उक्त आदेश दिएको हो।
मेडिकल एसोसिएसनका महासचिवलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौं, असार १९ : उच्च अदालत पाटनले अदालतको अवहेलनासम्वन्धी एक मुद्दामा नेपाल मेडिकल एसोसिएसनका महासचिव डा.सञ्जीव तिवारीलाई सात दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले विहीबार उक्त आदेश दिएको हो। 

Hardik ivf

उपभोक्ता अदालतले गरेका फैसलामा मेडिकल एसोसिएसनका महासचिव तिवारीले विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमा अदालत प्रवेश गरेको भन्दै कडा विरोध गरेका थिए । उनले अदालतको आदेशको विरोधमा कालो पट्टी बाध्न डाक्टरहरूलाई आह्वान समेत गरेका थिए। 

महासचिव तिवारीले श्रृंखलावद्ध विरोध गर्दै अदालतको कामकारबाहीमा अवरोध गर्न खोजेको दाबीसहित उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता जय पौडेल र सुविन पाण्डेले उच्च अदालतमा अवहेनामा कारवाहीका लागि निवेदन दिएका हुन्। 

सोही निवेदनमा तवारीसँग सात दिनभित्र लिखित जवाफ माग गरी उपस्थित हुन आदेश भएको हो। 

 

प्रकाशित मिति: १९:१४ बजे, बिहीबार, असार १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्