Kathmandu Press

खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

अधिवक्ता लाइसेन्स परीक्षाको लागि फाराम भर्ने समय २१ असारसम्म मात्र तोकिएको छ। खुला विश्वविद्यालयका विद्यार्थीले फाराम भर्न नपाएपछि सर्वोच्च अदालत पुगेका हुन्।
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

काठमाडौं, असार १९ : सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन विहीबार अन्तरिम आदेश दिएको छ।

खुला विश्वविद्यालयका विद्यार्थीले लाइसेन्स परीक्षाको फाराम भर्न नपाउने गरी बार काउन्सिलबाट सूचना निकालेपछि पिद्यार्थीहरु सर्वोच्च अदालत पुगेका थिए। अधिवक्ता लाइसेन्स परीक्षाको लागि फाराम भर्ने समय २१ असारसम्म मात्र तोकिएको छ। खुला विश्वविद्यालयका विद्यार्थीले फाराम भर्न नपाएपछि सर्वोच्च अदालत पुगेका हुन्। 

Hardik ivf

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले फाराम भर्न र परीक्षामा सहभागी हुनबाट वञ्चित नगर्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चको अन्तरिम आदेशपछि अब विद्यार्थीले फाराम भर्न पाउने भएका छन्। 

 

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, असार १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्