Kathmandu Press

अदालतले माग्यो पत्रकार पाठकसँग २५ हजार धरौटी

पाठकसँगको बयान र दुईतर्फी थुनछेक वहश सकिएपछि न्यायाधीश खेमराज भट्टराईको इजलासले तारिखमा छाड्न धरौटी रकम मागेको हो।
अदालतले माग्यो पत्रकार पाठकसँग २५ हजार धरौटी

काठमाडौं, असार १९ : काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकसँग २५ हजार धरौटी रकममा छाड्न आदेश दिएको छ।

पाठकविरुद्ध साइबर अपराध अभियोगमा सजायको माग राखेर मुद्दा दायर गरिएको थियो। पाठक बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए। 

पाठकसँगको बयान र दुईतर्फी थुनछेक वहश सकिएपछि न्यायाधीश खेमराज भट्टराईको इजलासले तारिखमा छाड्न धरौटी रकम मागेको हो। नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध युट्युब मार्फत घृणा र द्वेष फैलाएको अभियोगसहित गत १६ असारमा मुद्दा दायर गरेको थियो। 

Hardik ivf

पत्रकार पाठकले असम्वन्धित व्यक्तिलाई हिल्टन होटलको लगानीसँग जोडेर मनगढन्ते, भ्रामक सामाग्रिमार्फत समाजमा घृणा र द्वेष फैलाएको दाबीसहित सरकारी वकीलले साइबर अपराधमा हदैसम्मको सजाय माग अदालत समक्ष गरेको छ। 

यसअघि प्रहरीले पाठकविरुद्ध पक्राउ पूर्जी नै जारी गरेर अनुसन्धान अघि बढाउन खोजे पनि उच्च अदालतले पाटनले पक्राउ गर्न रोकेपछि थुना बाहिरै राखेर बयान गराइएको थियो।

पाठकलाई पक्राउ नगरे पनि जेल सजाय, जरिबाना तोकेर क्षतिपूर्ति भराउन समेत माग गरिएको छ। 

 

 

 

प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, असार १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्