Kathmandu Press

दुई सैनिक अधिकारीलाई बर्खास्त गर्ने निर्णय

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना आरोपमा ‘कोर्ट अफ इन्क्वायरी’ उक्त निर्णय भएको जनाइएको छ। उनीहरुबाट हिनामिना भएको रकम भराउन समेत आदेश भएको छ।
दुई सैनिक अधिकारीलाई बर्खास्त गर्ने निर्णय

काठमाडौं, असार १९ : नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । 

सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई बर्खास्त गरिएको हो। सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना आरोपमा ‘कोर्ट अफ इन्क्वायरी’ उक्त निर्णय भएको जनाइएको छ। उनीहरुबाट हिनामिना भएको रकम भराउन समेत आदेश भएको छ। 

Hardik ivf

कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८÷७९ र ०७९÷८० मा अनियमितता भएको उजुरीका आधारमा ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरिएको थियो।

उक्त अनियमितता प्रकरणमा अन्य आरोपीहरुले सहायक रथी खड्का र सेनानी कार्कीको समेत संलग्नता खुलाएपछि छानविन र कारबाही गरिएको हो । 

 

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, असार १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्