दुई सैनिक अधिकारीलाई बर्खास्त गर्ने निर्णय
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना आरोपमा ‘कोर्ट अफ इन्क्वायरी’ उक्त निर्णय भएको जनाइएको छ। उनीहरुबाट हिनामिना भएको रकम भराउन समेत आदेश भएको छ।
काठमाडौं, असार १९ : नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई बर्खास्त गरिएको हो। सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना आरोपमा ‘कोर्ट अफ इन्क्वायरी’ उक्त निर्णय भएको जनाइएको छ। उनीहरुबाट हिनामिना भएको रकम भराउन समेत आदेश भएको छ।
कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८÷७९ र ०७९÷८० मा अनियमितता भएको उजुरीका आधारमा ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरिएको थियो।
उक्त अनियमितता प्रकरणमा अन्य आरोपीहरुले सहायक रथी खड्का र सेनानी कार्कीको समेत संलग्नता खुलाएपछि छानविन र कारबाही गरिएको हो ।
प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
