Kathmandu Press

‘कुलिङ पिरियड’को बदमासीबारे छानबिन समिति बनाउन सभामुखले थाले पहल

सभामुख घिमिरेले प्रमुख दलका सचेतकहरुसँग प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका छन्।
‘कुलिङ पिरियड’को बदमासीबारे छानबिन समिति बनाउन सभामुखले थाले पहल

काठमाडौं, असार १९ : सभामुख देवराज घिमिरेले कुलिङ अफ पिरियड विवादमा छानबिन समिति गठन गर्नेबारे विहीबार प्रमुख दलसँग छलफल गरेका छन्।

‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको गडवडीबारे सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्। छलफलमा उपसभामुख इन्दिरा राना समेत सहभागी थिइन्। 

Hardik ivf

सभामुख घिमिरेले प्रमुख दलका सचेतकहरुसँग प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका छन्। 

साथै, घिमिरेले प्रमुख सचेतकहरुसँग समितिले गर्नुपर्ने काम, समयावधि र समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्ताव समेत माग गरेका थिए। प्रमुख दलका सचेतकहरूले संसदीय छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएका छन्। 

प्रमुख दलका प्रमुख सचेतकहरुले आ–आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका थिए। 

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, असार १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्