Kathmandu Press

काल्पनिक विद्यालय खडा गर्दै भ्रष्टाचार गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा

जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पंजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढालाई सजायको मागसहित प्रतिबादी कायम गरिएको छ।
काल्पनिक विद्यालय खडा गर्दै भ्रष्टाचार गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा

काठमाडौं, असार १९ : डोल्पामा अस्तित्वमै नभएको काल्पनिक विद्यालयको नाममा योजना पारेर भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुख र लेखापालसहित चारजनाविरुद्ध विहीबार भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पंजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढालाई सजायको मागसहित प्रतिबादी कायम गरिएको छ। 

Hardik ivf

अख्तियारका अनुसार आ.व. २०६७÷०६८ मा साविकको दुनै गाविस वडा नं २ र ३ (हाल ठूलीभेरी नगरपालिका–४ तिप्ला) मा काल्पनिक नाममा दुर्गा प्राथमिक विद्यालय खडा गरी २ कोठे भवन निर्माणको नाममा सात लाख ६० हजार रुपैयाँ विनियोजन गराएको अनुसन्धानबाट खुलेको छ। 

फर्जी उपभोक्ता समिति गठन गरी जिल्ला प्राविधिक कार्यालयका प्रमुख पंजियारको सिफारिसमा विद्यालय भवन निर्माणको नक्कली कागजात तयार गरिएको तथ्य समेत अख्तियारको अनुसन्धानबाट खुल्न आएको छ। 

चारैजना प्रतिबादीविरुद्ध जनही सात लाख ६० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको माग गरिएको छ।

 

प्रकाशित मिति: १६:१३ बजे, बिहीबार, असार १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्