Kathmandu Press

पार्टीका नेताहरूसँग व्यक्तिगत लडाइँ लड्ने नेतृ झाँक्रीको चेतावनी 

‘पार्टीका धेरै ठुला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नुभएको छ । त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै, राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु ।’
पार्टीका नेताहरूसँग व्यक्तिगत लडाइँ लड्ने नेतृ झाँक्रीको चेतावनी 

काठमाडौं, असार १९ : नेकपा एकीकृत समाजवादी (एस) की नेतृ रामकुमारी झाँक्रीले आफ्ना विरुद्ध बोल्ने पार्टीका नेताहरूसँग व्यक्तिगत लडाइँ लड्ने बताएकी छन्। 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएकी झाँक्रीले संचारकर्मीसँग कुरा गर्दै यस्तो चेतावनी दिएकी हुन्। 

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरूले कारबाही गर्नुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएको सन्दर्भमा झाँक्रीबाट यस्तो भनाई आएको हो। एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रहेकी झाँक्री विहीबार काठमाडौंको आलोकनगरस्थित पार्टी सचिवालय बैठकमा जवाफ दिन पुगेकी थिइन्। 

‘पार्टीका धेरै ठुला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नुभएको छ । त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै, उनले भनिन्, ‘राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु । तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु ।’

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, असार १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्