Kathmandu Press

कार दुर्घटनामा पोर्चुगिच स्टार फुटबलर जोटाको निधन

२८ वर्षीय जोटाको बिहीबार बिहान कार दुर्घटनामा निधन भएको हो। 
कार दुर्घटनामा पोर्चुगिच स्टार फुटबलर जोटाको निधन

काठमाडाैं, असार १९ : पोर्चुगिज स्टार फुटबलर डिएगो जोटाको निधन भएको छ। २८ वर्षीय जोटाको बिहीबार बिहान कार दुर्घटनामा निधन भएको हो। 

जोटा सवार कार स्पनेको जामोरा प्रान्तको ए ५२ मोटरवे नजिकै दुर्घटनामा परेको थियो। 

Hardik ivf

दुर्घटनामा जोटासँगै उनका भाइ आन्द्रेको पनि निधन भएको अन्र्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। दुवैको घटना स्थलमै मृत्यु भएको बताइएको थियो। घटनाको पूर्ण विवरण भने अझै आइसकेको छैन।

जोटा इंग्लिस क्लब लिभरपुलबाट व्यवसायिक फुटबल खेल्थे। उनको निधनले पोर्चुगल र लिभरपुलसँगै समग्र फुटबल फ्यानलाई नै दुःखी बनाएको छ।

सन् २०२० मा वुल्भ्सबाट लिभरपुलमा आएका जोटाले त्यहाँ १४९ खेलमा ५३ गोल गरेका थिए।  र उनको खेल कौशलले च्याम्पियन्स लिग र प्रिमियर लिग जितमा महत्वपूर्ण योगदान पुर्‍याएको थियो। पोर्चुगल राष्ट्रिय टोलीका लागि पनि उनले ३४ खेलमा १२ गोल गरेका थिए। 

यस्तै, भाइ आद्रे पनि फुटबलर नै हुन्। २६ वर्षीय आन्द्रे पोर्चुगिज क्लब पेनाफियल एफसीबाट व्यसायिक फुटबल खेल्थे। 

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, असार १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्