Kathmandu Press

दिलभुषण पाठक अदालतमा हाजिर, बयान जारी  

साइबर ब्युरोमा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुरुप सजायको माग राखेर मुद्दा दायर गरेको थियो।
दिलभुषण पाठक अदालतमा हाजिर, बयान जारी  

काठमाडौं, असार १९ : साइबर अपराधमा मुद्दा चलाइएका पत्रकार दिलभूषण पाठक विहीबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। 

पाठकविरुद्ध गत असार १६ मा विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता भएको थियो। अदालतमा पाठकको बयान भइरहेको छ। बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। 

साइबर ब्युरोमा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुरुप सजायको माग राखेर मुद्दा दायर गरेको थियो। उनीविरुद्ध विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको अभियोग छ। 

युट्युबमार्फत् समाजमा घृणा र द्वेष फैलाएको आरोप उनीविरुद्ध लागेको छ। पत्रकार पाठकले असम्वन्धित व्यक्तिलाई हिल्टन होटलको लगानीसँग जोडेर मनगढन्ते, भ्रामक सामाग्रिमार्फत समाजमा घृणा र द्वेष फैलाएको दाबीसहित सरकारी वकीलले साइबर अपराधमा हदैसम्मको सजाय माग अदालत समक्ष गरेको छ। 

यसअघि प्रहरीले पाठकविरुद्ध पक्राउ पूर्जी नै जारी गरेर अनुसन्धान अघि बढाउन खोजे पनि उच्च अदालतले पाटनले पक्राउ गर्न रोकेपछि थुना बाहिरै राखेर बयान गराइएको थियो। पाठकलाई पक्राउ नगरे पनि जेल सजाय, जरिबाना तोकेर क्षतिपूर्ति भराउन समेत माग गरिएको छ। 

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, असार १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्