Kathmandu Press

सुनचाँदी व्यवसायीहरू सडक आन्दालेमा

उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्न, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्ने लगायत माग राखेका छन्। 
सुनचाँदी व्यवसायीहरू सडक आन्दालेमा

काठमाडौं, असार १९ : सुनचाँदी व्यवसायीहरु सडक आन्दालेमा उत्रिएका छन्। 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ विहीबार सडक आन्दोलनमा उत्रिएका हुन्।

Hardik ivf

सुनचाँदीमा गरिएको बजेट व्यवस्थाका कारण व्यवसायी मारमा परेको बताउँदै दुईवटा महासंघ संयुक्त रुपले सडक आन्दोलनमा उत्रिएका हुन्। 

उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्न, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्ने लगायत माग राखेका छन्। 

बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको छ । व्यवसायीहरु त्यस्को विरोधमा सडकमा उत्रिएका हुन्। यसअघि पनि आन्दोलन गरिए पनि सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासनदिएपछि आन्दोलन र विरोधका कार्यक्रम स्थगित गरिएको थियो। 

व्यवसायीका अनुसार जुनसुकै मूल्यका सुनका गहना खरिदमा पनि २ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्थाका कारण सुन वा सुनका गहनामा कम्तीमा ६ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्था आएको छ । 


 

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, असार १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्