Kathmandu Press

यू–१६ इस्ट जोन कप : अभय र शुभमको घातs बलिङ, आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

बिहीबार भएको सेमिफाइनलमा आयोजक अयय यादव शुभम खजालले घातक बलिङ गरेपछि मलेसियामाथि ९ विकेटको सानदार जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।
यू–१६ इस्ट जोन कप : अभय र शुभमको घातs बलिङ, आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

काठमाडाैं, असार १९ : नेपाल मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनलमा आयोजक अयय यादव  शुभम खजालले घातक बलिङ गरेपछि मलेसियामाथि ९ विकेटको सानदार जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। 

अब नेपालले शनिबार हुने फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्ने छ। 

Hardik ivf

क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर परिमहर्जन यादवले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले ३५ बलमा समान ५ चौका र छक्का मद्दतमा नकआउट ५९ रन बनाए। यस्तै, शिवांस बजगाईंले २२ बलमा २३ रन बनााए। 

बलिङमा मलेसियाका नागिनेश्वरन साथनकुमारनले  १ विकेट लिए।

त्यअसघि टस जितेर फिल्ङिड गरेको नेपालले मलेसियालाई ४३.१ ओभरमा ९० रनमै अलआउट गरेको थियो। उसका लागि मुहमम्मद फथुल मुइनले सर्वाधकि ३८ रन बनाउँदा कप्तान डिआज पात्रोले १० रन बनाउनु बाहेक अनयले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

मलेसियाको इनिङ धरासायी बनाउने क्रममा अभय र शुभमले घातक बलिङक गरे। अभयनले १० ओभमा १५ रन मात्र खर्चेर ४ विकेट लिए भने शुभमले १० ओभरमा ४ मेडनसहित १२ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, कप्तान विपिन शर्मा र सचिन विष्टले समान १ विकेट लिए। 

नेपाल समूह एमा चारै खेल जित्दै विजेताका रुपमा सेमिफाइनल पुगेको हो भने मलेसिया समूह बीको उपविजेता हो।

 

प्रकाशित मिति: १२:०० बजे, बिहीबार, असार १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्