Kathmandu Press

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते 

भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन्। 
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते 

बारा, असार १९ : बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन्। 

भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन्। 

Hardik ivf

उनको हातमा सामान्य चोटपटक लागेको छ र परवानीपुरमा रहेको एलएस न्युरो एन्ड जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सो उद्योगको भट्टीमा बुधवार राति शक्तिशाली विस्फोट भएको हो । भट्टीमा अत्यधिक तापक्रम वृद्धि भएको वा कुनै प्रकारको रासायनिक रिसाव (लिकेज)का कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए।

यद्यपि, विस्फोटको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको उनले बताए। उद्योगमा भएको भौतिक क्षतिको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ।
 

प्रकाशित मिति: ११:२८ बजे, बिहीबार, असार १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्