Kathmandu Press

एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै 

मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भईरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन् । योसँगै उनले बलिङ रोजेका छन् । 
एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै 

काठमाडौं, असार १९ : नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भईरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन् । योसँगै उनले बलिङ रोजेका छन् । 

Hardik ivf

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल खेल खेलिरहेको छ । 
समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो । 

दोस्रो सेमिफाइनल पनि आजै हङकङ र सिंगापुर भिड्दै छन् । हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो ।
प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ ।

प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, असार १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्