Kathmandu Press

रास्वपाको सचिवालय बैठक बस्दै

बैठक केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाको सचिवालय बैठक बस्दै
Hardik ivf

काठमाडौं, असार १९ : आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ । बैठक कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बिहान ११ बजे बस्न लागेको हो । 

बैठक केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक छलफलका साथै आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबारे छलफल हुनेछ । 
 

प्रकाशित मिति: ०७:५९ बजे, बिहीबार, असार १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्