Kathmandu Press

‘कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्छ’

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पश्चात उनले संसद जस्तो ठाँउमा ४ महिना लिएर सांसदहरुले छलफल गरेर टुङ्गोमा पुगेको विषय ठयाक्कै उल्टो आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए। 
‘कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्छ’

काठमाडौं, असार १८ : नेपाली काङ्ग्रेसका नेता उदय शमशेर राणाले कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्ने बताएका छन्। 

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पश्चात उनले संसद जस्तो ठाँउमा ४ महिना लिएर सांसदहरुले छलफल गरेर टुङ्गोमा पुगेको विषय ठयाक्कै उल्टो आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए। 

Hardik ivf

यसमा माथिल्लो तहको कर्मचारी भएपनि कडा रुपमा छानबिन र कारबाही हुनुपर्ने पनि उनको भनाई छ। 

‘कुलिङ पिरियडको कुरा मैले हिजो बिहान नै राखेको थिए यसमा संसदीय तहको छानबिन समिति बन्नु पर्छ। यसलाई हामीले सदनमा मिलाउने काम त गरि हाल्छौँ तर संसद जस्तो ठाँउमा ४ महिना लिएर सांसदहरुले छलफल गरेर बल्ल टुङ्गोमा पुगेको छ तर त्यो विषय ठयाक्कै उल्टो आएको छ,’ उनले भने, ‘यो त रातलाई दिन बनाएको जस्तो छ। यसमा छानबिन पनि हुनुपर्छ र को को सहभागि छन् उनीहरुलाई कारबाही हुनुपर्छ। यसमा माथिल्लो तहको कर्मचारी भएपनि कडा रुपमा छानबिन र कारबाही हुनुपर्छ।’

यस्तै, उनले कांग्रेस बारे सत्य तथ्य कुरा जनता सामु पु¥याउन नसकेको भन्दै यसको लागि प्रचार विभागले व्यवस्थित तरिकाले काम गर्नुपर्ने बताए। 

‘कांग्रेसले गरेको कतिपय कामहरु जनता सामु लान सकेका छैनौं। जनतामा काङ्ग्रेसको उपस्थिती एकदमै कम र सूचना पनि बीचमा परिवर्तन हुने गरेको छ। कांग्रेस बारे सत्य तथ्य कुरा जनता सामु पु¥याउन सकेका छैनौं,’ उनले भने, ‘हामीले सामाजिक सञ्जाल, मिडियालाई दोष दिएर मात्र हुँदैन। यो हाम्रो पनि गल्ती हो हाम्रो प्रचार विभाग व्यवस्थित तरिकाले पनि चलाउनु पर्ने हो।’ 
 

प्रकाशित मिति: २०:११ बजे, बुधबार, असार १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्