Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारीले फिर्ता गरिन् राज्यबाट लिँदै आएको सेवा सुविधा

उनले सरकारी सेवासुविधा आजैबाट लागू हुने गरी फिर्ता गर्न गृहमन्त्रालयमा निवेदन दिएकी छिन्। 
पूर्वराष्ट्रपति भण्डारीले फिर्ता गरिन् राज्यबाट लिँदै आएको सेवा सुविधा

काठमाडौं, असार १८ : केही दिनअघि मात्र पुनः राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट लिँदै आएको सेवा सुविधा फिर्ता गर्ने भएकी छिन्। 

उनले सरकारी सेवासुविधा आजैबाट लागू हुने गरी फिर्ता गर्न गृहमन्त्रालयमा निवेदन दिएकी छिन्। 

दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले १४ असार पुनः एमालेको राजनीतिमा फर्कने बताएकी थिइन्। 

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, असार १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्