नाथमको जनशक्ति विस्तारमा जोड दिनु पर्छ : पर्यटन मन्त्री पाण्डे

काठमाडौं, असार १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटेल ब्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति विस्तारका लागि जोड दिनुपर्ने बताएका छन्।
बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नाथमको जनशक्ति एकदमै महत्वपूर्ण रहेको भन्दै यसको माग सबैतिर बढेकाले विस्तारका लागि काम गर्नुपर्ने बताएका हुन्।
‘नेपाल पर्यटन तथा होटेल ब्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति एकदमै महत्वपूर्ण छ। यसको इन्ट्रान्स पनि निष्पक्ष छ र निस्केको जनशक्ति पनि कहीँ खाली छैन, विदेश जान चाहे जान्छन यहीँ पनि काम पाउँछन्,’ उनले भने, ‘नाथमलाई सरकारले सहयोग गर्न सकेको छैन अव कुन तरिकाले चलाउने भन्नेमा कठिनाई भएको छ। यसको जनशक्ति विस्तार गर्नुपर्छ अहिले अभाव पनि छ यसको विस्तारका लागि हामी चाँडै टुङमा पुग्छौं।’
मन्त्री पाण्डेले नाथमको विस्तारमा नीजि क्षेत्रका साथै स्थानिय तहलाई समेत जोड्नुपर्ने बताए।
‘नीजि क्षेत्रलाई त्यसमा समावेश गर्ने की स्थानिय तहलाई त्यसमा समावेश गर्ने की। नाथम ल्याउनु खोल्नु भन्ने माग सबैतिर छ। तीन तहका सरकारसँग समन्वय गरेर हुन्छ की। नाथमको जनशक्ति महत्वपूर्ण छ त्यसको फ्रान्ससँग दोहोरो इन्र्टनसिप चल्छ,’ उनले भने।
-(4)-1753887070.jpg)