Kathmandu Press

नेकपा एसले सोध्यो रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण 

आयोगका उपप्रमुख रहेका बालचन्द्र मिश्रले असार १७ गतेको मितिदेखि लागु हुनेगरी तीन दिने स्पष्टीकरण सोधेका हुन्। 
नेकपा एसले सोध्यो रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण 

काठमाडौं, असार १८ : नेकपा एकीकृत समाजवादी (एस) ले नेतृ रामकुमार झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। 

पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर केन्द्रीय अनुशासन आयोगले ३ दिने स्पष्टीकरण सोधेको हो। 

आयोगका उपप्रमुख रहेका बालचन्द्र मिश्रले असार १७ गतेको मितिदेखि लागु हुनेगरी तीन दिने स्पष्टीकरण सोधेका हुन्। 

असार १५ गते बुटवलमा आयोजित पार्टीनिकट युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपाल लक्षित ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ अभिव्यक्ति दिएकी थिइन्।  

पतन्जलीको जग्गा सट्टापट्टामा भ्रष्टाचार भएको भन्दै अख्तियारले चलाएको मुद्दामा विशेष अदालतले नेपालसँग ३५ लाख रुपैयाँ धरौटीमा तारेखमा राखेको छ । भ्रष्टाचार मुद्दा चलेपछि नेपालको सांसद पद निलम्बनमा छ। 

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, असार १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्