Kathmandu Press

एमाले सांसदले मागे सभापति खतिवडाको राजीनामा 

सत्तारुढ एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा समिति सभापति रामहरि खतिवडाले लिनुपर्ने बताउँदै राजीनामा मागेका हुन्। 
एमाले सांसदले मागे सभापति खतिवडाको राजीनामा 

काठमाडौं, असार १८ : सत्तारुढ एमालेका सांसदले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेका छन्। 

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा राजिनामा माग भएको हो। सत्तारुढ एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा समिति सभापति रामहरि खतिवडाले लिनुपर्ने बताउँदै राजीनामा मागेका हुन्। 

Hardik ivf

पूर्वकानुनमन्त्री समेत रहेका गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले पनि सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने बताए। गिरीले समितिका सचिव सुरजकुमार दुराको पनि राजीनामा माग गरे।

‘नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था हो। यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो। त्यसैले जिम्मेवारी लिँदै सभापति र सचिवले राजीनामा दिनुपर्छ,’ सांसद गिरीले भने। 

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, असार १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्