Kathmandu Press

कांग्रेस नेता यादवको निधन, सभापति देउवाद्वारा श्रद्धाञ्जली व्यक्त 

बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँमा जन्मिएका यादव २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।
कांग्रेस नेता यादवको निधन, सभापति देउवाद्वारा श्रद्धाञ्जली व्यक्त 

काठमाडौं, असार १८ : कांग्रेसका नेता एवम् संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ। 

यादव लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। नेपाली कांग्रेस बाराका पूर्वसचिव समेत रहेका यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो। 

Hardik ivf

बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँमा जन्मिएका यादव २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यादवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सभापति देउवाले देउवाले शोक वक्तव्यमा भनेका छन्, ‘संविधानसभा सदस्य एवं बाराका पूर्व जिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, असार १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्