Kathmandu Press

कुलिङ पिरियडमा भएको चलखेलबारे छानबिन गर्न कांग्रेस सांसदको माग

‘निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाइनु पर्दछ। समितिबाट षड्यन्त्र भएको सुन्दा दुःख लागेको छ। समितिका सभापति र सचिवले यो विषयमा जानकारी छैन भनेर उम्किन मिल्दैन,’ थानीले भने ।
कुलिङ पिरियडमा भएको चलखेलबारे छानबिन गर्न कांग्रेस सांसदको माग

काठमाडौं, असार १८ : नेपाली कांग्रेसका सांसदले कुलिङ पिरियडमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समितिको माग गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा कांग्रेस सांसद हृदयराम थानीले उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्न माग गरे। 

‘निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाइनु पर्दछ। समितिबाट षड्यन्त्र भएको सुन्दा दुःख लागेको छ। समितिका सभापति र सचिवले यो विषयमा जानकारी छैन भनेर उम्किन मिल्दैन,’ थानीले भने, ‘समितिका टाठोबाठो सभापति, सचिवले यो विषय जानकारी छैन भन्न मिल्दैन, उहाँहरूले हामीलाई थाहा भएन कसरी भन्न सक्नुभयो?’

थानीले निजामती सेवा विधेयकमा भएको चलखेलमा सामेल भएकाहरूलाई कारबाही गर्नुपर्ने बताए। उनले संसद्को धज्जी उडाइएको समेत बताए। 

समितिका सभापतिले यो टुंगो लगाउने काममा प्रयोग भएको ‘कोर टिम’ बारे जानकारी गराउनु पर्ने पनि उनले बताए।


 

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, असार १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्