Kathmandu Press

राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको सुचना मार्फत जनाएको छ।
राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं, असार १८ : नेपाल राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको हो।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको सुचना मार्फत जनाएको छ। राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। 

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी भदौ १८ गते हुनेछ। 
 
निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्। 

प्रकाशित मिति: ११:३८ बजे, बुधबार, असार १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्