‘सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैन’
बुधबार कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा बोल्दै उनले आलोचना गर्नु ठिक हुने तर सरकारमा आफू हुँदा गरेका काम जनताले हेरिरहेको बताए।
काठमाडौं, असार १८ : कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको आलोचना गर्ने पार्टीका नेताहरुले आफू सरकारमा बस्दाखेरी के गरियो भन्ने कुरा बिर्सिन नहुने बताएका छन्।
बुधबार कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा बोल्दै उनले आलोचना गर्नु ठिक हुने तर सरकारमा आफू हुँदा गरेका काम जनताले हेरिरहेको बताए।
‘आलोचना गर्नु ठिकै छ गर्नुस्। सरकारले यो गरेन, त्यो गरेन भन्ने आफ्नो ठाउँमा छ तर आलोचना गर्ने पार्टीका नेताहरुले आफु सरकारमा बस्दाखेरी के गरे त त्यो पनि बिर्सिनुभएन,’ उनले भने, ‘आफू सरकारमा हुँदा के गर्यौ त्यो जनताले हेरिरहेका छन् । हामी विधिको शासन हुनुपर्छ भनेर लडेका मान्छे हौं।’
उनले मौका पाउँदा के दिन सकियो सबैले मनन् गर्नुपर्ने भन्दै २०१७ सालमा गुमेका अधिकार प्राप्त गर्न ३० वर्षभन्दा बढि संघर्ष गर्नु परेको पनि बताए।
‘दुई पटक संविधान सभाको चुनाव भयो, ठुला कुरा गर्नुभन्दा मौका पाउँदा केही दिन सकियो कि सकिएन भन्ने हो। संविधान जारी गर्ने कठिन परिस्थिती हामीले बिसिर्यौ अनि अहिले कस्तो बनाएको भन्ने? १७ सालमा गुमेको अधिकार पूर्न वहाली गर्नका लागि हामीले ३० वर्षभन्दा बढि संघर्ष गर्नु परेको कुरा बिर्सिनु भएन,’ उनले भने।
उनले कठिन संघर्ष गरी प्राप्त गरिसकेको अधिकारलाई सुरक्षित, संस्थागत अगाडि बढाउने काममा हाम्रो कमिकमजोर देखा परेको बताए।












