Kathmandu Press

‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग

प्रवक्ता डा.प्रकाश शरण महतले सरकारले संशोधन ल्याएर विधेयकमा संशोधन गनुपर्ने र छानविनगरी दोषिलाई कारबाही गर्नुपर्ने धारणा कांग्रेसको रहेको जानकारी गराए।
‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं, असार १७ : नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ।  

मंगलबार पार्टी कार्यालय सानेपामा जारी पार्टीको केन्दीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले सरकारले संशोधन ल्याएर विधेयकमा संशोधन गनुपर्ने र छानविनगरी दोषिलाई कारबाही गर्नुपर्ने धारणा कांग्रेसको रहेको जानकारी गराए। 

‘जसले त्यहाँ पदको दुरुपयोग गरिरहेको छ, अवश्यपनि उनीहरुलाई छानविनको दायरामा ल्याउनुपर्छ। र तत्काल ‘कुलिङ पिरियड’ हटाएर त्यो प्रस्तावित भएको त्यसलाई संशोधनमा ल्याएर सच्याउनुपर्छ,’ उनले भने, ‘छानविन गरेर दोषीलाई कारबाही पनि गर्नुपर्छ। र समितिमा भएको सहमति अनुसार ‘कुलिङ पिरियड’ राखेर नै संशोधन गर्नुपर्छ।’

उनले सरकारमा कांग्रेसको प्रभावकारी सहभागिता कसरी बढाउने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए। 

 

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, असार १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्