Kathmandu Press

‘कुलिङ पिरियड’ मा षड्यन्त्र गर्नेलाई कारबाही गर्न प्रचण्डको माग 

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ। विधेयकमा कसले बदमासी ग¥यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ।’
‘कुलिङ पिरियड’ मा षड्यन्त्र गर्नेलाई कारबाही गर्न प्रचण्डको माग 

काठमाडौं, असार १७ : प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको भन्दै छानविन कारबाहीको माग गरेका छन्। 

मंगलबार योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)को केन्द्रीय पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले यस्तो माग गरेका हुन्। उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए। 

Hardik ivf

कार्यक्रममा प्रचण्डले भने, ‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ। विधेयकमा कसले बदमासी ग¥यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ।’

उनले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको भन्दै अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा रहेको समेत औँल्याए।

प्रचण्डले वर्षायामपछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने बताउँदै त्यसपछि सुरु गरिने सङ्गठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह पनि गरे ।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, असार १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्