Kathmandu Press

कांग्रेस बैठकमा खतिवडाले गराए ‘कुलिङ पिरियड’ गडवडीबारे जानकारी 

सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा खतिवडाले ‘कुलिङ पिरियड’ को बिषयमा जानकारी दिँदै यथार्थ तथ्य बाहिर ल्याउने तयारी सुनाएका थिए। 
कांग्रेस बैठकमा खतिवडाले गराए ‘कुलिङ पिरियड’ गडवडीबारे जानकारी 
फाइल तस्बिर।

काठमाडौं, असार १७ : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कुलिङ पिरियडको गडवडीबारे जानकारी गराएका छन्। 

सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा खतिवडाले ‘कुलिङ पिरियड’ को बिषयमा जानकारी दिँदै यथार्थ तथ्य बाहिर ल्याउने तयारी सुनाएका थिए। 

Hardik ivf

खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिले सभामुख देवराज घिमिरेलाई भेटेर छानविन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरिएको जानकारी पनि गराए। 

कुलिङ पिरियड विवादमा खतिवडाले प्रेश विज्ञप्ति जारी गरेर यथार्थ प्रश्न पार्ने भनाई राखेका थिए । उनले कांग्रेस बैठकमा विज्ञप्तिको व्यहोरा समेत पढेर पनि सुनाएका थिए। 

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, असार १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्