Kathmandu Press

नागरिकता विधेयक पारित भएपछि गृहमन्त्रीलाई रेखा थापाको बधाई

प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन्। 
नागरिकता विधेयक पारित भएपछि गृहमन्त्रीलाई रेखा थापाको बधाई

काठमाडौं, असार १७ : नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन्। 

प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन्। 

Hardik ivf

गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक संजालमा लेखेकी छिन्, ‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ। तर नागरिकता लिन जादाखेरी बाबुको खोजी हुन्छ ! तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन । अब यस्तो परिस्थितिको अन्त्य भएको छ। नेपाल सरकार एवम गृहमन्त्रीलाई यो साहसिक कदमका लागि धेरै धेरै बधाई। तमाम नगरिकताविहीन नेपाली नागरिकलाई धेरै बधाई। महिलालाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ।’

गृहमन्त्री लेखकले गत शनिबार उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव पेस गर्दै लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको प्रतिक्रिया दिएका थिए।
 
प्रकाशित मिति: १६:१० बजे, मंगलबार, असार १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्