Kathmandu Press

रास्वपाको महामन्त्री दाबी गर्दै ढकालले दायर गरेको रिट ‘हेर्न नभ्याइने’

ढकालको रिटमा अन्तरिम आदेशमाथि छलफल गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय  हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलास तय भएको थियो। 
रास्वपाको महामन्त्री दाबी गर्दै ढकालले दायर गरेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं, असार १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट मंगलबार ‘हेर्न नभ्याइने’ मा परेको छ। 

ढकालको रिटमा अन्तरिम आदेशमाथि छलफल गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय  हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलास तय भएको थियो। 

उक्त रिटमा सुनुवाइ गर्न नभ्याइने भएपछि अर्को दिनका लागि सरेको छ। बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि दुवै पक्षलाई छलफलमा डाकिएको थियो। 

निर्वाचन आयोगको खभिलेख अनुसार रास्वपाको महामन्त्री आफू नै रहेको दाबी गर्दै ढकालले सोही हैसियतमा काम गर्न, गराउन तत्कालका लागि अन्तरिम आदेशको माग राखेर रिट दिएका छन् । 

प्रकाशित मिति: १५:४८ बजे, मंगलबार, असार १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्