Kathmandu Press

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

संयुक्त राष्ट्र सङ्घको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका उनले उक्त उच्चस्तरीय बैठकको अध्यक्षता गरेका हुन्।
प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं, असार १७ : स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्।

संयुक्त राष्ट्र सङ्घको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका उनले उक्त उच्चस्तरीय बैठकको अध्यक्षता गरेका हुन्। 

यही असार १६ देखि १९ गतेसम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन २१ सदस्यीय टोलीसहित ओली स्पेन भ्रमणमा छन्।

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, असार १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्