Kathmandu Press

कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : सांसद शाही

मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन्। 
कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : सांसद शाही

काठमाडौं, असार १७ : राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका छन्। 

मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन्। 

‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु–यसको छानविन होस्। नेपालको कानून बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन,’ उनले भने ‘यो त राज्य अपराध हो। संसद बनाएका छौ, समितिहरु बनाएका छौं। ति समितिका संसदहरुको महत्वलाई नै छेडखानी गर्ने राज्य विरुद्ध कसुर नै हो।’

उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए। 

‘समितिका सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । छानविन गरी दोषी भए कारबाही गर्नुपर्छ। यही सभापतिले नगरी कर्मचारीले यो हर्कत गरेको हो भने राज्यविरुद्ध कसुर लगाएर अपराध गर्नेहरुलाई जेल सजाय हुनुपर्छ,’ उनले भने। 

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, असार १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्