Kathmandu Press

विनौद चौधरीको सम्पति एक अर्ब ७० करोड डलर

काठमाडौं, फागुन २२ :  नेपालका एकमात्र अर्बपति बिनोद चौधरीको सम्पति एक वर्षमा २० करोड डलर बढेको छ । र अहिले उनको सम्पत्ति एक अर्ब ७० करोड डलर पुगे....

विनौद चौधरीको सम्पति एक अर्ब ७० करोड डलर

काठमाडौं, फागुन २२ :  नेपालका एकमात्र अर्बपति बिनोद चौधरीको सम्पति एक वर्षमा २० करोड डलर बढेको छ । र अहिले उनको सम्पत्ति एक अर्ब ७० करोड डलर पुगेको छ ।

अर्बपतिको सूचि प्रकाशित गर्ने फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचिअनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलरले बढेको हो ।

सन् २०१८ मा चौधरीको सम्पत्ति एक अर्ब ५० करोड अमेरिकी डलर रहेको थियो । सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचिमा परेका चौधरीको एक वर्षबाहेक हरेक वर्ष सम्पत्ति बढ्दै गएको छ ।

चौधरीसँग सिजी फुड र त्यसअन्तर्गत लोकप्रिय चाउचाउ वाइवाई रहेको छ । जसको उत्पादन नेपालबाहेक भारत, सर्बिया, साउदी अरेबिया र बंगलादेशबाट पनि हुन्छ । सिजीको २९ वटा आफ्नो स्वामित्वमा र ७० वटा व्यवस्थापन हेर्ने गरि लक्जरी होटल पनि रहेका छन् । नबिल बैंकमा बहुमत सेयर चौधरीकै रहेको छ ।

चौधरीको व्यवसाय अगाडि बढाउन उनका छोरा निर्वाण, राहुल र वरुणले सहयोग गर्ने गरेको फोर्ब्सले उल्लेख गरेको छ । फोर्ब्सका अनुसार चौधरी विश्वमा १३४९ औं धनी व्यक्तिमा पर्छन् ।

 

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, फागुन २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्