नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धन योगदानको अपेक्षा
उनले नेपाल विश्व पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको भन्दै नीजि क्षेत्रले गर्ने लागनीलाई सरकारले प्रोत्साहन गर्नुका साथै लगानीमैत्री वातावरण बनाउन लागि परेको बताए।-(10)-1751360737.jpg)
काठमाडौं, असार १७ : तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन्।
कार्यक्रममा मन्त्री साहीले पर्यटन क्षेत्रमा यस्तो रिसोर्टको ठूलो सम्भावना रहेको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
वन मन्त्री शाहीले वन, आरक्षण, संरक्षितक्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दे यसलार्य पर्यटन क्षेत्रसंग जोड्नु पर्ने बताए। उनले नेपाल विश्व पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको भन्दै नीजि क्षेत्रले गर्ने लागनीलाई सरकारले प्रोत्साहन गर्नुका साथै लगानीमैत्री वातावरण बनाउन लागि परेको बताए।
सो अवसरमा स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए।
नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा बिवेक नपुगेको भन्दै सुनको खानीमा बसेर अबसरका लागि भौतारिरहेको उनको भनाई थियो।
कार्यक्रममा तारकेश्वर नगरपालीका प्रमुख कृष्णहरी महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नम्बर वडा अध्यक्ष परशुराम अर्यालले यस क्षेत्रको पर्यटन बिकासका लागि महत्वपूर्ण संरचना थपिएको जानकारी दिए। कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसी नेपाल स्तरीय पर्यटकहरुलाई उत्कृष्ठ सेवा दिन सक्षम रहेको बताए।












